१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–९ मलेठका ४२ वर्षीय मो.जाबुल मिँयालाई चैत १८ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार आरोपितलाई चैत १९ गतेदेखि कैद सजाय भोग्न राजविराज कारागार पठाइएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।
आरोपितले २०६२ फागुन १५ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले २०६२ फागुन १६ गते राजविराजस्थित अस्पतालमा स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरेको थियो । अदालतमा २०६२ चैत १८ गते अभियोग पत्र दायर भएकोमा अदालतले फरार आरोपितविरुद्ध वारेण्ट जारी गरेको थियो ।
सूचना अधिकारी पोखरेलका अनुसार अंश रोक्का भई मुल्तबीमा रहेको मुद्दा दुई वर्षपछि जगाएर अदालतले आरोपितलाई ०७० चैत २० गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो ।