INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश उद्धव भटटराईको इजलासले ०७९ चैत १४ गते भरतपुर महानगरपालिका-४ बस्ने २१ वर्षीय विकास कँडेललाई १० वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

साथै पाँच लाख जरिवाना र एक लाख क्षतिपुर्ति भराउन समेत फैसलामा उल्लेख भएको श्रेष्तेदार आचार्यले बताउनु भयो ।

०७९ भदौ २४ गते बलात्कार गरेको भनी पीडितको आमाले कँडेलविरुद्ध भदौ २७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिनु भएको थियो ।

कँडेल भदौ २६ गते गिरफ्तार भएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ २७ गते भरतपुर अस्पतालमा भयो ।

असोज २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएकोमा असोज २५ गते न्यायाधीश मातृका आचार्यको इजलास आदेशले कँडेल पूर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो