INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–११ का ५८ वर्षीय देवीबहादुर कुवँरलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोकुमार बस्नेतको चैत १४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबानाको आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुराँगाइले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ कात्तिक १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक १५ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक १६ गते घरबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७८ मङ्सिर ५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको मङ्सिर ६ गते आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ कात्तिक १५ गते गरिएको थियो ।

अन्य

भिडियो