INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत १३ गते उजुरी दर्ता गरेको छ ।

आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत ३ गते भयो । आरोपितले ०७९ पुस ११ गते ललाइफकाई बालिकालाई राजविराज नगरपालिका–११ स्थित आशिया पार्टी प्यालेसमा लगेर बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजिब गिरीले बताउनु भयो ।

 

अन्य

भिडियो