बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार र कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ ।
मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८ हजार रूपियाँ उपलव्ध गराइएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको लैंगिक हिंसासम्वन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) र जिल्ला प्रहरी कार्यालयको सिफारिसमा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले सहयोग प्रदान गर्नु भएको थियो ।
पीडितलाई घोराही उपमनपा–१८ का ३४ वर्षीय बिराज लम्सालले ०७९ फागुन २६ गते बलात्कार गरेका थिए । बालिकाको उपचार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
प्रहरीले आरोपितलाई फागुन २६ गते गिरफ्तार गरी अनुसन्धान थालेको छ ।