INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

राति सुतिरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका-६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई गिरफ्तार गरिएको राससले जनाएको छ ।

मगरलाई किशोरी बलात्कार गरेको आरोपमा जेठ २५ गते बिहानै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

पीडित किशोरीलाई आरोपितले जेठ २४ गते बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए । प्रहरीमा जेठ २५ गते बिहानै खबर आएपछि मगरलाई खोजी गरेर गिरफ्तार गरिएको इप्रकाका प्रमुख सुबास राईले बताए । पीडित युवतीलाई उपचारका लागि बिपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ ।

अन्य

भिडियो