INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित गुलरिया नपा-७ चौगर्जीका २५ वर्षीय महेश यादवलाई प्रहरीले ०७४ जेठ २४ गते गिरफ्तार गरेको छ ।

आरोपित महेशलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हेमबहादुर शाहीको कमाण्डमा गएको टोलीले राजापुर नपा-७ शङखरबस्तीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७३ असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७३ असोज ७ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो