INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपमा गिफ्तार

१४ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–४ सिद्धेश्वरका अटो रिक्सा चालक २३ वर्षीय रोहित विक र २१ वर्षीय पारस आउजीलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

वयलपाटा अस्पतालबाट उपचार गरेर विनायकस्थित घर फर्कने क्रममा फागुन २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाहरु उपचार गरेको घर फर्किरहेका अवस्थामा आरोपित अटोरिक्सा चालद्धयले कमलबजार नगरपालिका–६ वीरपथको हात्तिबाँझ सडक नजिक राति ९ बजेको समयमा मुख च्यापेर १० हजार रुपियाँ मागेर यौन दुर्व्यवहारको प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितद्धयलाई मंगलसेन नगरपालिका–५ स्थित जिल्ला प्रशासन कार्यालय जाने बाटो नजिकबाट गिरफ्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो ।

पीडित दुबै जनाको स्वास्थ्य परीक्षण फागुन २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो