INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ का २५ वर्षीय रामकुमार मगरलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ २४ गते बलात्कार गरेको आरोपमा जेठ २५ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर सुवास राईले जानकारी दिए ।

बलात्कारपछि पीडितको अवस्था गम्भीर भई स्वास्थ्योपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इन्सपेक्टर राईले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण सोही अस्पतालमा भएको प्रहरीले जजनायो ।

अन्य

भिडियो