INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सवल परियोजनाविरुद्ध उजुरी

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका एक उम्मेदवारले प्रचारको सामग्री टिसर्ट बनाउँदा सवल शब्द लेखेको जनाउँदै उक्त टिसर्ट जिल्लामा सञ्चालित सवल परियोजनाले प्रायोजन गरेको आरोपमा नेकपा माओवादी केन्द्रले जेठ २३ गते सबल कार्यक्रमविरुद्ध उजुरी दर्ता गरेको छ ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मोहन खड्काले कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवालीले बताए । प्रशासनले उजुरीकर्तालाई वास्तविकता खुलाएर पेश गर्न निर्देशन दिएको जनाएको छ ।

टिसर्ट छपाएको देखेपछि माओवादीले कसले छपायो भनेर सोध्दा किन चाहियो भन्ने जबाफ उम्मेदवारले दिएपछि सवल परियोजनाले प्रायोजन गरेको भन्दै उजुरी गरेको एमाले पक्षधरको आरोप छ ।

माओवादी केन्द्रको उजुरीपछि परियोजना सञ्चालन गर्ने संस्थाहरू फोर्ड नेपाल र कोसिस नेपालले जेठ २४ गते विज्ञप्ति जारी गर्दै झुठा आरोप लगाएर दुष्प्रचार गर्न खोजेको भन्दै खण्डन गरेका छन् । कोसिस नेपालका अध्यक्ष मानबहादुर बस्नेतले कसैले परियोजनाको नामसँग मिल्ने शब्द लेख्दा परियोजनाको प्रायोजन हो भनेर भन्न नमिल्ने बताए ।

अन्य

भिडियो