चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१८ का ३४ वर्षीय बिराज लम्साललाई फागुन २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २६ गते घरमा कोही नभएको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर ओलीले बताउनु भयो ।
आफूहरू काम गएको र घरमा कोही नभएको समयमा आरोपितले बलात्कार गरेको पीडितका अभिभावकले बताएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।