नेपाल खाद्य संस्थान श्रीनगर डिपोले २७ क्वीन्टल ९० केजी चामल नष्ट गररेको छ ।
०७७ देखि थन्क्याएर राखिएको चामल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको नायब सुब्बा नबिन आचार्यको टोलीले श्रीनगरमा पुगेर स्थानीय प्रशासनको रोहबरमा फागुन २२ गते चामल नष्ट गरेको हो ।
करिव दुई वर्ष अगाडि नागरिकले लगेको चामल अमिलो भएको भन्ने बाहिर आएपछि चामलको गुणस्तर चेकजाँच गर्दा चामल बिग्रिएको पत्ता लागेसंगै सो चामल नष्ट गरिएको स्थानीय बुध भण्डारीले बताउनु भएको छ ।
लामो समय थन्क्याएर राखिएको चामल श्रीनगर खाद्य डिपो नजिकै खाडल खनेर गाडिएको छ । त्यती बेलादेखी गाड्न खोजिए पनि खाद्य केन्द्रिय विभागले गाड्ने आदेश नदिएएपछि ढिलाई भएको नायब सुब्बा आचार्यले बताउनु भएको छ ।
उहाँका अनुसार यती बेला केन्द्रबाटै सो चामल गाड्ने आदेश आएपछि आफुले नष्ट गरेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा गुणस्तरहिन र कुहिएको चामलको छानविन गर्न यस अघि सरकारको ध्यानार्कषण गराएको थियो ।
