२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ हर्दौलीका २८ वर्षीय रामदेव लोधलाई फागुन १९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १३ गते घरमा सुतिरहेको बेला घरको छतबाट प्रवेश गरी गते बलात्कार गरेको भन्दै पीडितले फागुन १८ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भएको थियो ।
आरोपितले घरको छतबाट भित्र प्रवेश गरी बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर गजेन्द्र रावलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।