INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

शान्तिनगर गाउँपालिकाका अध्यक्ष ३९ वर्षीय प्रमोद बस्नेत र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४० वर्षीय डिल्लीराज खड्कालाई शान्तिनगर गाउँपालिका –२ वडा अध्यक्ष २४ वर्षीय सुनिल वलीले फागुन १९ गते कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।

पीडितद्वयले दुर्व्यवहार, गालीगलौज गर्नुका साथै आक्रमणको प्रयास गरेको र सार्बजनिक सम्पत्ति तोडफोड गरेको भन्दै आरोपितविरूद्ध फागुन २० गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका छन् ।

शान्तिनगर –२ बौलाह खोला विष्णपुर घाटमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्का लागि ठेक्का नलगाइ उठाउन दिनुपर्ने अडान लिनुभएका वडाध्यक्ष वलीले गाउँपालिकाले इ–विडिङमार्फत ठेक्का लगाएपछि त्यसमा आफ्ना मान्छेलाई काम दिन दवाव दिदै आफूहरुमाथि आक्रमण प्रयास तथा दुव्र्यवहार गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

नियमानुसार ठेक्का दिइएको भन्दै स्पष्ट पार्न खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज खड्कालाई पनि दु्र्व्यवहार गरेको बस्तेतले बताउनु भयो ।

घटनाका विषयमा निवेदन आएको र समस्या समाधान गर्न दुबैपक्षबीच छलफल गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।

आरोपित वडाध्यक्ष सुनिल वलीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेपछि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् रोक्न आग्रह गरिएको र नसुनेपछि सजग गराइएको बताउनु भयो ।

अन्य

भिडियो