INSEC Online

📅 २०८३ जेष्ठ २१

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउँपालिका-१ ठोकर्पाका १३ वर्षीय बालकलाई ०७९ फागुन १७ गते एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय भरत पहरीलाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले स्थानीय दोबाटोमा आगो बालेर ताप्न खोज्दा एसिड प्रयोग गरेको र एसिडबाट बालक घाइते भएको पीडितको छिमेकी सम्झना पहरीले जानकारी दिनुभयो ।

पीडित पक्षले फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी. ले बताउनु भयो ।

पीडित बालकको स्थानीय एकएक पाइला अस्पताल ठोकर्पामा उपचार भइरहेको छ ।

अन्य

भिडियो