INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसूरमा साढे दुई वर्ष कैद सजाय

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको मधुबनी जिल्ला लदनिया थाना पिपराही ग्राम पञ्चायत–१२ घर भई सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुरस्थित मिफता हुल उलुम मदरसामा अध्यापनरत मौलबी शिक्षक २७ वर्षीय मोहम्मद इमरानलाई फागुन १८ गते साढे दुई वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले आरोपितलाई साढे दुई वर्ष कैदका साथै १५ हजार रुपियाँ जरिवाना तिराउने र ६ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको छ । अदालतका अनुसार आरोपितले पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिनु पर्नेछ ।

आरोपितले २०७९ साउन ५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनुभएको थियो । पढ्न गएकी पीडितलाई मदरसा विदा पश्चात अन्य विद्यार्थीहरू घर फर्किए पछि मदरसाको भवनभित्र मौलबी बस्ने कोठाभित्र लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपित साउन ५ गते गिरफ्तार भएका थिए । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन ६ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा साउन २६ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला न्यायाधीश माधव प्रसाद सुवेदीको इजलाशले साउन ३० गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

 

अन्य

भिडियो