INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्धको मुद्दा मुल्तबी

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू बोदे बर्साइन नगरपालिका–८ काचन का १६ र १७ वर्षीय बालकविरुद्धको मुद्दा फागुन १४ गते मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले दुई आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ ।

बोदे बर्साइन नगरपालिका–८ काचनस्थित हरी महासेठको जग्गामा रहेको बाँसघारीबीच तितेपातीको झार जंगलमा २०७६ वैशाख ३१ गते बिहान तीन जना आरोपितहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७६ जेठ १ गते उजुरी दिनु भएको थियो । आरोपितहरू विरुद्ध जिल्ला अदालतमा ०७६ जेठ २१ गते अभियोगपत्र दायर भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ जेठ १ गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय कल्यणपुरले उजुरी दर्ता गरेको थियो ।

अर्का आरोपित १४ वर्ष ८ महिना २४ दिनका बालकविरुद्ध अदालतले फागुन १४ गते कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने आदेश गरेको छ । उनी ०७६ जेठ १ गते घरबाट गिरफ्तार भएका थिए । अदालतको आदेशमा ०७६ जेठ २३ गतेदेखि उनी पुर्पक्षका लागि विरगञ्जस्थित बाल सुधार गृहमा थिए । कोभिड १९ को महामारीको जोखिमबाट जोगाउन बाल सुधार गृहमा रहेकालाई रिहा गर्ने निर्णयअनुसार ०७६ चैत महिनामा रिहा भएका थिए ।

अन्य

भिडियो