३७ वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ५५ वर्षीय हैदर मियाँ, हैदरकी ५० वर्षीया पत्नी सैफुला खातुन, तवारी मियाँ, सहिना खातुन बतुलन कुजर्नीविरुद्ध प्रहरीले फागुन १४ गते उजुरी दर्ता गरेको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेशपश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आरोपित सहिना खातुनको छोरा टुनामुना गरी बिरामी बनाएको आरोप लगाई आरोपितहरूले ०७८ फागुन २८ गते साँझ पीडितलाई गालीगलौज र कुटपिट गरेको पीडितका पतिले बताउनु भयो ।