४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–१० का ३६ वर्षीय मेघबहादुर सारुलाई फागुन १४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १४ गते जिल्ला अस्पतालमा गरिएको छ ।