INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ फागुन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।

अन्य

भिडियो