INSEC Online

📅 २०८३ जेष्ठ २१

डिउटीमा खटिएका प्रहरी जवानद्वारा आत्महत्या

दार्चुला जिल्ला अपी नगरपालिका– ६ घरभई वीरेन्द्रनगर नपा–७ स्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २५ वर्षीय प्रहरी जवान कविन्द्र वि.क.ले प्रहरी कार्यालय भित्र आत्महत्या गरेका छन् ।

प्रहरी जवान वि.क.ले फागुन १० गते राति करिव ३ बजे आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीले जनाएको छ । वि.क. बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिनु भएको थियो । दार्चुलाको अपी नगरपालिका–६ घरभई प्रहरी चौकी सुकाटिया कालिकोटमा दरबन्दी रहेका वि.क. हाल कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत हुनुहुन्थ्यो ।

डिउटी सकिने बेलामा वि.क.ले आफैले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी इन्स्पेक्टर झरना सोनारले जानकारी दिनु भएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट प्रहरी इन्स्पेक्टर मिलन पाण्डेको कमाण्डमा आठ जनाको प्रहरी टोली खटिएको छ ।

मृतकको शव परिक्षणका लागि प्रादेशिक अस्पताल सुर्खेतमा राखिएको छ । मृतकका आफन्तलाई खबर गरिसकिएको इन्स्पेक्टर सोनारले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो