INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

देवदह नगरपालिका–९ कालिका चोककी ३९ वर्षीया लक्ष्मी विकलाई आगो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले  उनका पति ३९ वर्षीय रामबहादुर विकलाई फागुन ५ गते देवदहबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३ गते मादक पदार्थ सेवन गरी पत्नी र दुई छोरा छोरीलाई घर भित्र थुनेर घरमा आगो लगाएर हत्याको प्रयास गरेको भन्दै पीडितले  फागुन ४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

गाडीका सहचालकको का मगर्दै आएका आरोपितले सधै जसो मादक पदार्थ सेवन गरी घरमा आफूलाई कुटपिट गर्दै  आइरहेको र घटनाको दिन पनि मादक पदार्थ सेवन गरेर रातको समयमा चुक्कुल लगाएर बाहिरबाट आगो लगाएर भागेको र छिमेकीहरूको सहयोगमा बाँच्न सफल भएको पीडितले बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो