INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या आरोपमा पतिसहित तीन जना गिरफ्तार

विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियङ्का सुनास साहको हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति रमेश साहसहित थप तीन जनालाई फागुन ८ गते गिरफ्तार गरेको छ ।

प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रमानन्द साह र सोही ठाउँका ३५ वर्षीय उमेश सरदार र ६३ वर्षीय श्रीराम चौधरीलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताउनु भयो ।

पत्नीले परपुरूषसँग अनैतिक सम्बन्ध राखेको आशङ्कामा २९ वर्षीय पति रमेश साहले फागुन ७ गते घुम्ने बहानामा बुढीगङ्गा गाउँपालिका–२ स्थित रमानन्द साहका दाजु नर्सिङ्ग साहको घरमा पुर्याएर घाँटी थिचि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा क्रममा बयान दिएको एसपी पोखरेलले बताउनु भयो ।

बुढीगङ्गा गाउँपालिका–२ स्थित नर्सिङ्ग चौधरीको घरमा फागुन ८ गते बोरामा पोको पारेको अवस्थामा प्रियङ्का सुनार साहको शव फेला पारेपछि प्रहरीले योजनावद्ध हत्या भएको निश्कर्ष निकाल्दै घटनामा संलग्नहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले बताउनु भयो ।

शवको मुचुल्काका क्रममा घाँटीमा र कानमा चोट देखिएकाले कुटपिट गरेर हत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मृत्युको यकिन कारण भने पुष्टि हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ ।

मृतकको माइती घर भारत भएका कारण पीडित परिवार सम्पर्कमा आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि कोशी अस्पतालको पोष्टमार्टम गृहमा फागुन ९ गते राखिएको छ ।

अन्य

भिडियो