INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई जेठ २१ गते  गिरफ्तार गरेको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णुबहादुर खड्काले बताए । पीडितले जेठ २२ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितले जेठ १६ गते बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते समेत बनाएकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार जेठ २२ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकको भनाइ रहेको छ ।

अन्य

भिडियो