खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ ।
फागुन ५ गते रातिको समयमा सिमकोट गाउँपालिका–५ स्थित बजारमा भाडामा बस्दै आएको घरमा आफ्नी छोरिलाई हत्या गरेको भन्दै मृतकका वुवा ढुडोल लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको इन्स्पेक्टर गिता प्रसाद चौधरीले बताउनु भएको छ ।
इन्स्पेक्टर चौधारीका अनुसार घटना के कति कारणले भयो त्यसको भने खुलि नसकेको र सो विषयमा अनुसन्धान भई रहेको छ । शवको पोष्टमार्टम फागुन ७ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।
आफन्तले दुईदिन बितिसक्दा पनि शव अझै बुझ्न नमानेको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।