३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले बसबरीया गाउँपालिका–६ सोहरबा का ३६ वर्षीय बालमुकुन्द साह विरुद्ध ईलाका प्रहरी कार्यालय बरहथवामा फागुन २ गते उजुरी दिनु भएको छ ।
आरोपितले माघ २२ गते पिडितकै घरमा बलात्कार प्रयास गरेको पीडित पक्षले बताए ।
उजुरी पछि आरोपित साह फरार रहेकोले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।