INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल 

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ २१ गते धनगढीमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

Photo20170605Kailali

उनले निर्वाचन स्वच्छ बनाउन ५० प्रतिशत दायित्व आम मतदाताको भए पनि बाँकी काम सरकार तथा निर्वाचन आयोगको भएको भन्दै अध्यक्ष प्याकुरेलले सरकार तथा निर्वाचन आयोगकै लापरबाहीका कारण पहिलो चरणको निर्वाचनमा केही सुरक्षा त्रुटि देखा परेको बताए ।

नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्दप्रसाद्र अर्यालले राजनीतिक दलका नेता भन्दा नागरिकमा बढी परिवर्तन आएको बताए । उनले भने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सोचाइमा पनि परिवर्तन ल्याउन जरुरी टछ । स्थानीय तहको निर्वाचनमा मतपत्र झन्झटिलो बदर मतको सङ्ख्या बढेको उनले बताए ।

Photo20170605Kailali1

कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, मानवअधिकारकर्मी, अधिबक्ता, पत्रकार,समाजसेवी र विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अन्य

भिडियो