INSEC Online

📅 २०८३ जेष्ठ २१

वैवाहिक बलात्कारको कसूरमा कैद सजाय

२० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा उनका २२ वर्षीय पतिलाई माघ २९ गते १ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले कसुरदारलाई कैद सजायका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति र फौजदारी कसूर पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ ।

इच्छाविपरित २०७९ साउन १९ गते बलात्कार भएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७९ साउन २२ गते उजुरी दिनुभएको थियो । विरामी भएको अवस्थामा मादक पदार्थ सेवन गरी नसाको सुरमा गालीगलौज गरी मुख थुनेर बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । जिल्ला प्रहरी कार्यालयले साउन २३ गते उजुरी दर्ता गरेको थियो ।

प्रहरीले वैवाहिक बलात्कार गरेको आरोपमा साउन २१ गते गिरफ्तार गरेको थियो । सप्तरी जिल्ला अदालतमा ०७९ भदौ १४ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले आरोपित भदौ १६ गते ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।

अन्य

भिडियो