INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५५ वर्षीय पति थरहरि घिमिरेलाई सोही दिन गिरफ्तार गरेको छ ।

खकुरी प्रहारबाट राधाको टाउकोमा चोट लागेको छ । घाइते घिमिरेको उपचार मन्थली स्थित मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

आरोपितले पत्नीलाई यस अघि पनि बारम्बार कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका छन् ।

अन्य

भिडियो