INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका-१९ मा निर्वाचन आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै जेठ २१ गते रिट निवेदन दिइएको राससले जनाएको छ ।

आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गरेका हुन् ।

निवेदनमा भनिएको छ-“नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गर्नू, गराउनू ।”

आयोगको निर्णय गैरकानुनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तथस्तताकै विपरीत स्वेच्छाचारी र दुराशययुक्त रहेको निवेदनमा उल्लेख छ । आयोगले जेठ २० गते  विवादित उक्त वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । सोविरुद्ध अदालतमा जेठ २१ गते निवेदन दर्ता गरिएको हो ।

अन्य

भिडियो