INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको सजाय

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १९ वर्षीय आफन्तलाई व्यक्तिलाई नौ वर्ष कैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश बसन्तराज पौडेलको ०७९ माघ २७ गतेको इजलासले कसुर ठहर गर्दै कैद र क्षतिपूर्ति गरेको अदालतका निमित्त श्रेस्तेदार कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

क्षतिपूर्ति बापतको रकम कसुरदारबाट पीडितलाई भराउने आदेश भएको छ । बालिकालाई आरोपितले ०७८ कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३० गते गते जिल्ला प्रहरी कार्यालयमा गुल्मीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक ३० गते गिरफ्तार गरेको थियो । जिल्ला अदालत गुल्मीमा ०७८ मङ्सिर २४ गते जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३० गते गुल्मी अस्पताल तम्घासमा गरिएको थियो ।

अन्य

भिडियो