INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा आठ वर्ष कैद सजाय फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला सिमरा उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सुजित चौधरीलाई  जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले ०७९ माघ २६ गते आठ वर्ष कैद, तीन लाख रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ती पीडितलाई भराउने भनी फैसला गरेको छ ।

बिवाह गर्छु भनि भरतपुर महानगरपालिका-१० हाकिम चोक स्थित कुशल बरालको घर कोठामा ०७९ असोज ६ गतेदेखी ९ गतेसम्म पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २८ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

चौधरीलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको थियो । प्रहरीले जिल्ला अदालतमा कात्तिक २१ गते मुद्दा दर्ता गरेकोमा सोही दिन न्यायाधीश मातृका आचार्यको इजलासको आदेशले पूर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो