१८ वर्षीया किशोरीलाई विगत तीन वर्षदेखि बलात्कार गर्ने गरेको र अन्तिम पटक ०७९ वैशाखमा बलात्कार गरेको भन्दै ६६ वर्षीय हजुरबुबाविरुद्ध पीडित पक्षले ०७९ माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।
मामाघरमा हजुरबुबा हजुरआमासँग बस्दै आएकी पीडितमाथि पटक पटक बलात्कार गरेको आरोपमा मामा घरको हजुरबुबा विरुद्ध जबरजस्ती करणीमा उजुरी दर्ता भएको हो ।
हजुरबुबाले बलात्कार गरेका कारण ०७९ साउन १० गते बच्चा जन्माएको पीडितले बताइन् ।
पीडित किशोरीको बुबा विदेशबाट फर्केर आएपछि आफूले बुबालाई घटना बताएपछि बुबाको सहयोगमा उजुरी दर्ता गरेको पीडितले बताएकी छन् ।
आरोपितलाई जबरजस्ती करणी मुद्दामा कारबाही गर्न माग गर्दै उजुरी परेकोले प्रहरीले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
घटनामा थप अनुसन्धान गर्नु पर्ने भएकोले आरोपितलाई गिरफ्तार गर्न बाँकी रहेको डिएसपी खत्रीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ २६ गते धादिङ अस्पतालमा गरिएको छ ।