१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सर्लाही लालबन्दी नगरपालिका-१७ बस्ने २० वर्षीय अनिल श्रेष्ठलाई चितवन जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराइको इजलासले ०७९ माघ २६ गते १० वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ती भराउने फैसला गरेको छ ।
पीडितलाई ०७९ कात्तिक १७ गते श्रेष्ठले बिवाह गर्छु भनि ललाई फकाई गरी बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । श्रेष्ठलाई प्रहरीले कात्तिक २० गते भरतपुरबाट गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २० गते भरतपुर अस्पतालमा गरियो ।
प्रहरीले मङ्सिर १३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा सोही दिनन्याधीश नारायण पौडेलको इजलासको आदेशबाट श्रेष्ठ पूर्पक्षका लागि थुनामा गएका थिए ।