INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको ०७९ माघ २५ गतेको इजलासले दैलेख जिल्ला दुल्लु नगरपालिका-४ का ३९ वर्षीय विष्णु सुनारलाई १० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ती भराउने फैसला गरेको छ ।

अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार ०७९ वैशाख ११ गते सुनारले बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले वैशाख १९ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

सुनारलाई प्रहरीले वैशाख १९ गते इच्छाकामना-४ मुग्लिनबाट गिरफ्तार गरेकाे थियो भने जेठ ९ गते न्यायाधीश केशव अधिकारीको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अन्य

भिडियो