बालिका बलात्कारको दुई ओटा छुट्टा–छुट्टै कसुरमा जिल्ला अदालतले भानु–१० का ७३ वर्षिय ज्येष्ठ नागरिकलाई क्रमशः १८ र १९ बर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ २२ गतेको इजलासले दुई बालिका बलात्कारको अभियोगमा दावी पुग्ने ठहर गर्दै आरोपितलाई उक्त फैसला सुनाएको हो ।
मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने जिल्ला श्रेस्तेदार मीनबहादुर कुंवरले जानकारी दिनु भयो ।
यस अघि बलात्कारकै कसुरमा आरोपित ज्येष्ठ नागरिकलाइ न्यायधीश ढुङ्गानाको इजलासले माघ १८ गते जन्मकैदको फैसला सुनाएको थियो । ०७७ असार १५ गते र साउन ४ गते ९ वर्षीया, ११ वर्षीया र १२ वर्षीया तिनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले ०७७ कार्तिक २ गते गिरफ्तार गरेर जिल्ला कारागारमा थुनामा राखेको थियो ।
आरोपित माथि तिन ओटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएको थियो । पीडितहरूको स्वास्थ्य परीक्षण ०७७ कात्तिक २ गते दमौली अस्पतालमा गरिएको थियो ।