INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७९ माघ १८ गते घरायसी विवादका क्रममा कुटपिट गरी हत्या पश्चात घर नजिक चौरमा खाडल खनि पुरेको अवस्थामा माघ २१ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुकमबहादुर कटुवालले बताउनु भयो ।

हत्यापछि गाउँमा पत्नी हराएको भन्दै आरोपित आँफैले हल्ला फिजाएपछि शंकाका आधारमा गिरफ्तार गर्दा आरोपितले हत्यापछि  खाडलमा पुरेको स्वीकार गरेको डिएसपी कटुवालले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा माघ २२ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो