१३ वर्षीया बालिकालाई ०७९ वैशाख महिनामा बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले १७ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फेसला सुनाएको छ ।
रितेन्द्र थापाको माघ १६ गतेको इजलासले आरोपितलाई यस्तो फैसला सुनाएको हो । पीडित बालिकाको बुबाले आरोपितविरूद्ध मङ्सिर ११ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडित बालिकाको सोही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
मङ्सिर २९ गते न्यायाधीश वासुदेव न्यौपानेको इजलासले आरोपितलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको थियो ।