INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा ‍‍‍एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–६ का २२ वर्षीय मनोज टुडुलाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको ०७९ माघ ११ गतेको इजलासले कसुर ठहर गर्दै कसुर सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति र १० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाँइले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ असार २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २३ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २३ गते घरबाट गिरफ्तार गरेको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा साउन १२ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको साउन १५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असार २३ गते गरिएको थियो ।

अन्य

भिडियो