१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा भारतको जम्मु कश्मिर घर भएका ४१ वर्षीय गुलाब जिलानी र विवाह गराउने ४० वर्षीय मो.रफिक खार र उहाँकी पत्नी २७ वर्षीया नुर जहान माघ १७ गते गिरफ्तार हुनु भएको छ ।
भारततर्फ जादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले बालिका र तीन जना भारतीय नागरिकलाई गिरफ्तार गरेको हो । राजगढ गाउँपालिका– २ मा विवाह गरी भारततर्फ जाँदै गरेका उनीहरूलाई सोधपुछ गर्दा शंका लागि सशस्त्र प्रहरीले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो । अनुसन्धानका क्रममा बालविवाह गरेको खुल्न आएकोले बालविवाह सम्बन्धी कसुरमा मुद्दा चलाइएको सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए । जम्मु कश्मिर लैजाँदै गरिएकी बालिकालाई समेत प्रहरीले मुद्दा चलाएको छ ।
खार र जहानले विवाहका लागि जिलानीलाई माघ १३ गते नेपाल ल्याएका थिए । राजीखुशीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि प्रहरी प्रतिवेदनका आधारमा मुद्दाको कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । प्रहरीले विवाह गराउने महादेवा गाउँपालिका–१ निवासी बालिकाका अभिभावकविरुद्ध भने मुद्दा चलाएको छैन् ।
सप्तरीमा यो वर्ष बालविवाहको उजुरी दर्ता भएको यो पहिलो घटना हो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि