१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–४ महदेवाका २६ वर्षीय सञ्जय पासीलाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १ गते बलात्कार गरेको भन्दै पीडितले माघ २ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिनुभयो ।
खेतमा घाँस काट्न गएको बेला आरोपितले बलात्कार गरेको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।