INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ ।

इन्सेकको पीडित सहायता अन्तर्गत उपचार र न्यायिक उपचारका लागि इन्सेक प्रतिनिधि सीताराम अधिकारी मार्फत १० हजार नगद सहयोग गरिएको हो ।

पीडितकी पति ५० वर्षीय बिरबहादुर सिलवाल, छोरीहरू २७ वर्षीय सीता सिलवाल, २४ वर्षीय सिर्जना सिलवालले पुस १७ गते बिहान बोक्सी बुढी भनेर कुटपिट गरेको र आफू घाइते अवस्थामा भागेर ज्यान जोगाएको पीडितको धादिङ अस्पतालमा पुस २४ गते इन्सेकको पहलमा उपचार भयो ।

पीडित महिला उपचारपछि माईती घर बस्दै आउनुभएको थियोे । पीडितले आफूलाई स्थानीय वडा अध्यक्ष र गाउँपालिका उपाध्यक्षले गाउँमा मिलापत्र गर्न दवाव दिएको समेत बताउनुभयो ।

सहयोगपछि उपचारका लागि लागेको खर्च गर्न सहज भएको पीडितको भनाइ छ ।

IMG_20230127_112651

अन्य

भिडियो