१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका-४ का ३६ वर्षीय आफन्त विरुद्ध ०७९ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित घरमा एक्लै भएको अवस्थामा माघ ३ गते बलात्कार गरेको भन्दै पीडित परिवारले ०७९ माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले सोही दिन घरबाटै गिरफ्तार गरेको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण माघ ९ गते नै पशुपति स्मृति अस्पताल चरिकोटमा भयो ।