INSEC Online

📅 २०८३ जेष्ठ २१

मतगणना अबिलम्ब सुचारु गर्न नागरिक समाजका अगुवाको अपील

गत जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा मतगणना प्रतिनिधिले नै मतपत्र च्यातेपछि स्थगित मतगणनालाई अबिलम्ब सुचारु गर्न जबाफदेहीता निगरानी समितिका सदस्यहरूले आग्रह गरेका छन् ।

‘दोस्रो चरणको निर्वाचनको प्रक्रिया सुरु भइसकेको परिस्थितिमा भरतपुर महानगरपालिकाको घटनाले पार्न सक्ने गलत प्रभावलाई मध्यनजर गर्दै क्षति पुर्‍याइएका मतपत्र एकीन गरी मतगणना जारी राख्नु नै वैद्य बाटो हो ।’-जेठ १८ गते जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमार्फत लोकतन्त्रलाई घातक र दण्डहीनतालाई प्रश्रय दिने गलत नजिर बस्न नदिने आयोगको दायित्व रहेको कुरा ध्यानाकर्षण गराइएको छ ।

उक्त विज्ञप्तिमा जबाफदेहीता निगरानी समितिका अध्यक्ष चरण प्रसाई, अधिवक्ता डा. दिनेश त्रिपाठी, देवी सुनार, महामुनिश्वर आचार्य, ओमप्रकाश अर्याल, राजुप्रसाद चापागाईँ, सुमन अधिकारी, सावित्री श्रेष्ठ, शिव विशङ्खे र कनकमणी दिक्षितले हस्ताक्षर गरेका छन् ।

अन्य

भिडियो