INSEC Online

📅 २०८३ जेष्ठ २१

ललितपुर महानगरपालिकाका एमालेका उम्मेदवारद्वारा मुद्दा दायर

पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारद्वारा मुद्दा दर्ता गराइएको राससले जनाएको छ ।

दायर मुद्दामा मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नं १, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ । मुद्दाको पेसी जेठ १९ गतेलाई तोकिएको छ ।

अन्य

भिडियो