नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–२ का १९ वर्षीय निशान्त तामाङ्गलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ५ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ४ गते गरिएको छ ।