INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले ताप्लेजुङ मिक्लाखोला गापा२ का २६ वर्षीय टङ्क भनिने टंकप्रसाद थापालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ ।

जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ माघ ३ गतेको इजलासले थापालाई कसुर ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा असोज २१ गते गरिएको थियो ।

पीडित बालिकालाई ०७९ भदौ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले थापाविरुद्ध असोज २१ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेको थियो । जिल्ला प्रहरी कार्यालयले थापा विरुद्धको मुद्धा कार्तिक ७ गते जिल्ला अदालतमा दर्ता गरेका थिए । थापालाई जिल्ला अदालतले ०७९ कार्तिक ७ गते नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए ।

अन्य

भिडियो