INSEC Online

📅 २०८३ जेष्ठ २२

जेष्ठ नागरिक हत्याको २२ वर्षपछि मुद्दा मुल्तबीमा राख्ने फैसला

भारतको जिल्ला सुपौल कमलपुर ग्राम–२ कुनौली थानाका ६५ वर्षीय रघुबिर मेहताको हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४० वर्ष उमेरका मैदिन मियाँ र हलुवान मेहता विरुद्धको उजुरी २०७९ माघ ३ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले घटनाको २२ वर्षपछि मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेज पुलभन्दा दुई किलोमिटर पश्चिम कोशी पश्चिमी नहरको दक्षिण डिल किनारमा ०५७ साउन ३२ गते जेष्ठ नागरिक मेहताको लाश फेला परेको थियो ।

लाश फेला परेको खबर पछि सनाखत गरेका मृतकका छोरा ३५ वर्षीय सहदेव मेहताले जिल्ला प्रहरी कार्यालयमा ०५७ भदौ १ गते उजुरी दिनुभएको थियो । भारतको बिरपुर अदालतमा तारेख लिन गएका बुबाको पछि–पछि गएका आरोपितहरूले विषादी खुवाई हत्या गरेको सहदेवले आरोप लगाए । शवको पोष्टमार्टमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०५७ भदौ १ गते भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०५७ भदौ ८ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो ।

आरोपितहरू फेला नपरेपछि जिल्ला प्रहरी कार्यालयले २० वर्ष पछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन ४ गते अदालतमा अभियोग पत्र दायर गरेको थियो । आरोपितहरू विरुद्ध अदालतले सोही दिन र ०७८ असोज ७ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो । आरोपितहरू फेला नपरेपछि अदालतले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा ०७९ असार १३ गते आरोपितहरूको नामको समाह्वान म्याद सूचना जारी गरेको थियो ।

अन्य

भिडियो