INSEC Online

📅 २०८३ जेष्ठ २२

द्वन्द्व पीडित परिवारले अझै न्याय पाएनन्

सशस्त्र द्वन्द्वका बेला हत्या भएको नमोबुद्ध नगरपालिका–७ का ४८ वर्षीय अर्जुनबहादुर लामाका पत्नी पूर्णिमाया लामाले हत्या भएको १८ वर्ष भईसक्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् । निर्वाचनपछि नयाँ सरकार आए पनि आफूले न्याय नपाएको लामाले बताइन् ।  

लामाको अपहरणसँगै मान्छेको ज्यान ठूलो हो की पैसा ठूलो भन्दै पटक–पटक गरी छोरीहरूको ६ तोला सुन र नगद ६ लाख रुपैँया समेत माओवादी कार्यकर्ताहरूले लगेको पूर्णिमाया लामाले बताईन् ।  

लामालाई ०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट अपहरण गरी तत्कालीन नेकपा माओवादी कार्यकर्ताहरूले हत्या गरेका थिए ।  

हत्या गरेको भन्दै पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्ला अदालत काभ्रेमा कर्तव्य ज्यान शीर्षकमा ०६५ साउन २७ गते यो मुद्दा दर्ता गरेको थियो । मृतकका पत्नीले खोजीका लागि ०६२ बैशाख २० गते मानव अधिकार आयोगमा समेत उजुरी दिएकी थिइन् ।  

तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको विषयमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायोगराष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले ०६६ पुस २७ र २८ गते हत्या गरिएको स्थानको स्थलगत अध्ययन गरेको थियो ।

सर्वोच्च अदालत र राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिए पनि यस घटनाका आरोपितहरूलाई कानुनी दायरामा ल्याउन सरकार तयार नभएको पुर्णिमाया लामाको आरोप छ ।  

पछिल्लो पटक ०७९ बैशाखमा पेशीमा चढेको यो मुद्दा हेर्न नमिल्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीद्वारा सारिएको थियो ।  

अर्जुन लामालाई तत्कालीन नेकपा माओवादी नेता अग्नीप्रसाद सापकोटासूर्यमान दोङको नेतृत्वमा यादव पौडेलभोला अर्यालश्याम भनिने कर्णाखर गौतम (श्याम भनिने व्यक्ति आफू नभएर अर्कै माओवादी कार्यकर्ता रहेको बताएको) ले कुरा गर्न भनेर अपहरण गरी हत्या गरेका थिए ।  

अन्य

भिडियो