INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाजिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने तथा निर्वाचनको प्रभावकारी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा पूर्वाञ्चलका १४ ओटा जिल्लामा जिल्ला अनुगमन समिति तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ ।

इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा सटेन्द्र जगेवुको संयोजकत्वमा १३ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । अभियानको सदस्य सचिवमा इन्सेककी प्रतिनिधि कोकिला ढकाल रहेकी छिन् भने सदस्यहरूमा विरबहादुर खडका, भक्त थामी, योगराज सापकोटा, ख्याम भुजेल, दामोदर चापागाई, याम मावोहाङ, सावित्रा गुरागाई, कौशिला राई, सुरेश पोर्तेल, रुद्र थेवे र भागिरथ भण्डारी रहेका छन् ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङका अध्यक्ष चन्द्रप्रकाश भट्टराईको संयोजकत्वमा ११ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सचिवमा इन्सेक प्रतिनिधि देवराज गुरुङ रहेका छन् भने सदस्यहरूमा रविन भट्टराई, सिताराम गुरागाई, माला पालुङ्वा, उमा गुरुङ, आनन्द गौतम, गङ्गा राई, लक्ष्मी बिक, उदय खुदाङ र सन्तोष बुर्कुटी रहेका छन् ।

मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य त्रिलोक न्यौपानेको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिएको छ । जसमा समितिको सचिवमा इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापा र सदस्यहरूमा मञ्जिता उपाध्याय, इन्दिरा भट्टराई, इन्द्र न्यौपाने, सूर्य दाहाल, मौसम राई, प्रकाश परियार र हेमन्त परासर रहेका छन् ।

सुनसरी जिल्ला प्रतिनिधि शेखर ढकालका अनुसार इन्सेकका सुनसरीस्थित जिल्ला सहजकर्ता तथा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय निर्वाचन पर्यवेक्षण समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा इन्सेक जिल्ला प्रतिनिधि शेखर ढकाल, डम्बर बुढाथोकी, गणेश तिम्सिना, कमल तिगेला, श्याम मोची र पूर्ण भुजेल रहेका छन् ।

धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रुचालका अनुसार धनकुटामा नियोकका संयोजक विदुर सुवेदीको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । अभियानको सदस्य सचिवमा इन्सेक प्रतिनिधि सन्तोष रुचाल रहेका छन् भने सदस्यहरुमा सरोज भुजेल, डा. खगेन्द्र कटुवाल, मनिषा पोखरेल, सङ्गीता चापागाई र नारायणकुमार राई रहेका छन् ।

भोजपुर जिल्ला प्रतिनिधि किरण राईका अनुसार गैरसरकारी संस्था महासङ्घका विमला थापाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा मानव अधिकार सञ्जालका विमल रणपहेली र सचिवमा इन्सेकका प्रतिनिधि किरण राई रहेका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सदस्यहरूमा विद्या राई, एक्सन राई, निमा शेर्पा र बुद्ध तामाङ रहेका छन् ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि बाबुराम बास्तोलाका अनुसार सङ्खुवासभामा निर्वाचन पर्यवेक्षण समितिका चेवनचन्द्र बस्नेतको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सचिवमा इन्सेकका प्रतिनिधि बाबुराम बास्तोला रहेका छन् भने सदस्यहरूमा गङ्गा विष्ट, कृष्णराज शाक्य, मनोज गौतम, प्रेम निरौला र सविता बिक रहेका छन् ।

तेह्रथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार इन्सेक जिल्ला प्रतिनिधिको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सचिवमा एम्नेष्टी इन्टरनेशलन नेपालका रत्न निङ्लेखु रहेका छन् भने सदस्यहरूमा नरेश ढुङ्गाना, सिता रिमाल, प्रेमचन्द्र निङ्लेखु, कृष्ण भट्टराई र कुमार बिसङ्खे रहेका छन् ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहामा समग्र जन-उत्थान केन्द्र लहानका अध्यक्ष तथा मानवअधिकार जिल्ला निगरानी समितिका अध्यक्ष भैरवप्रसाद गेलालको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सचिवमा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार रहेका छन् भने सदस्यहरुमा गंगा कुमारी अधिकारी, रामानन्द गुप्ता, एलिना हिङ्गमाङ्ग, जागेश्वर यादव र मोहन पासमान रहेका छन् ।

उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार मानव अधिकार सञ्जालका अध्यक्ष भरत खड्काको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । अभियानको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः बन्दना दनुवार, भरतबहादुर खड्का र चित्रकुमार कार्की रहेका छन् । सदस्यहरूमा रेवती पराजुली, तुलसीराम चौलागाई र सुमित्रा कोइराला रहेका छन् ।

खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार सुनिता मगरकै संयोजकत्वमा १७ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सदस्यहरूमा डिल्लीमान राई, लोकनाथ घिमिरे, दिलीप खत्री, युवराज कोइराला, रविन राई, बोधराज पौडेल, सङ्गीता श्रेष्ठ, विमलकाजी श्रेष्ठ, कृष्णप्रसाद आचार्य, उत्तम चौलागाई, सूर्य तामाङ, दमन राई, जानुका जोशी, गीता मगर, नारायणदास राई र हिरा बहादुर निरौला रहेका छन् ।

सोलुखुम्वु जिल्ला प्रतिनिधि पासाङ बम्जन तामाङका अनुसार सोलुखुम्वुमा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष मनोजकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । समितिको सचिवमा इन्सेकका प्रतिनिधि पासाङ् बम्जन तामाङ रहेका छन् भने सदस्यहरूमा याम बहादुर राई, दोर्जी तामाङ, टङ्कीमाया बस्नेत, सौरभ अधिकारी र माया तामाङ रहेका छन् ।

पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नका लागि जेठ १७ गते फिदिममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला सञ्जाल गठन भएको छ ।

इन्सेक पाँचथरको अगुवाइमा भएको भेलाले मानव अधिकारकर्मी एवम् नियोकका जिल्ला अध्यक्ष प्रेम ओझाको संयोजकत्वमा ११ सदस्यीय समिति रहेको सञ्जाल गठन गरेको हो । समितिको सदस्यहरूमा नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य सूर्यकुमार निरौला र पुन्य दुलाल, नियोकका सचिव सगुन सुसारा, जिल्ला बार इकाईका टिका तिम्सिना, नेपाल पत्रकार महासङ्घका अध्यक्ष लवदेव ढुङ्गाना, गैसस महासङ्घका सञ्जु घिमिरे रहेका छन् । यसैगरी, अधिकारकर्मी लेखनाथ खतिवडा, शहमान बिक, महिला अधिकारकर्मी विमला ढकालसमेत सञ्जालको सदस्यमा रहेका छन् भने सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि मङ्गल बेघालाई चयन गरिएको छ ।

यसअघि नै सप्तरीमा इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलको संयोजकत्वमा ११ सदस्यीय र ओखलढुङ्गामा इन्सेकका प्रतिनिधि शिवप्रसाद ढुङ्गानाको संयोजकत्वमा ११ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिसकिएको छ ।

अन्य

भिडियो